नेभिगेशन
सिएन ग्यालरी

काठमाडाैँ महानगरको मतपेटिका संकलन शुरु, गणना आजै रातिबाट (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ महानगर अन्तरगत विभिन्न मतदान केन्द्रमा मतदान सकिएपछि मतपेटिका संकलनको काम शुरु भएको छ । मतगणनास्थल काठमाडौँको राष्ट्रिय सभागृहमा मतपेटिका पुर्याउने क्रम शुरु भएको हो । मतदान पछि मुचुल्का उठाई पेटिका सभागृहमा जम्मा गर्ने काम भइरहेको र अब सर्वदलीय बैठक बसि आजै रातिबाट गणना शुरु गर्ने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । राती ८ बजेबाटै गणना शुरु गर्ने भनिएपनि केही ढिला हुन सक्ने कार्यालयले जनाएको छ ।  
प्रतिक्रिया दिनुहोस्