नेभिगेशन
समाचार

पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादीले गर्‍यो एमालेसँग तालमेल

काठमाडौं - स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गोरखामा जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेको छ । गोरखा पालुङटार नगरपालिकामा उपेन्द्र यादव नेतृत्वको जसपाले पाँच दलीय गठबन्धन तोड्दै एमालेसँग तालमेल गरेको हो । सहमती अनुसार निर्वाचनमा नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई र उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने भएको छ । नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएका छन् । वडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने जारी विज्ञप्तीमा जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार