नेभिगेशन
समाचार

आफूले मात्रै जित्ने सपना नदेख्नुस् : प्रकाशमान सिंह

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनलाई बिजयी गराउनु पर्ने बताएका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो टीमलाई नजिताएर आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिएका हुन् । ‘आफूलाई मात्रै भोट माग्ने होइन । सबैका लागि भोट माग्नुस । एक्लै जित्ने सपना देख्नु हुँदैन,’ सिंहले भने । उनले भोटको अधिकार सदुपयोग गरी गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । लामो संघर्षपछि जनताले मताधिकार पाएको भन्दै सिंहले मतको सही सदुपयोग गर्न पनि मतदातालाई अनुरोध गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार