नेभिगेशन
समाचार

देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजे - प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न गठबन्धन बनेको बताएका छन् । सोमबार धनगढीमा आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा गरेका हुन् । देशलाई २०१८सालमा फर्काउने ओलीको योजना असफल पार्न गठबन्धन बनेको उनको भनाइ छ । सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको उनले आरोप लगाए । अहिलेको स्थानीय तहको निर्वाचनमा गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीचको प्रतिस्पर्धा भइरहेको उनले बताए । बताएका छन् । यस्तै सोमबार नै कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभामा प्रचण्डले पाँच दलीय गठबन्धनको सहमतिविपरीत कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन लगाएर धोका दिएको पनि बताएका छन् । गठबन्धन दलहरुले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति गरे पनि स्थानीय तहमा लागु नभएको उनको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार