नेभिगेशन
समाचार

संसद विघटन गर्ने एमालेले जिते, स्थानीय तह नै विघटन गर्न सक्छ - शेरबहादुर देउवा

काठमाडौं - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई जिताउनै नहुने बताएका छन् । सोमबार धनगढीमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा गरेका हुन् । उनले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेलाई जिताएमा स्थानीय तह नै भंग हुन सक्ने बताए । उनले भने - 'संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ' संसद विघटन गर्ने र चल्न नदिने एमालेलाई जिताउन नहुने भन्दै देउवाले स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्ने बताए । उनले भने - 'संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार