नेभिगेशन
समाचार

पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजे ओलीले - 'सतर्क हुनुहोस् टोकरी खोस्न सक्छन् है'

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको निर्वाचनमा गठबन्धनले धाँधली गर्न सक्ने बताएका छन् । सोमबार पोखरामा एमालेले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै ओलीले सो कुरा गरेका हुन् । पाँचदलीय गबठन्धन भोटले जित्ने नभई हारेपछि मतपत्र च्यात्ने भन्दै ओलीले बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाए । चुनावी सभामा ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजे । उनले भने - 'पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ । त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।' चुनावमा धाँधली गर्न खोजिने भन्दै ओलीले त्यसलाई आफूहरुले रोक्नुपर्ने र बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिन नहुने बताए । उनले भने - 'गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।' उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गराउन पनि सुझाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार