नेभिगेशन
समाचार

ओलीले देशमा ऋण बढाएर घ्यू खाएकाे कांग्रेसकाे आरोप

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशसरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा देश ऋणमय बनाएर घ्यू खाने काम गरेको बताएका छन् । सोमबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा। महतले सो कुरा गरेका हुन् । ओलीको पालामा देश ऋणमय बनेको भन्दै उनले देश अब विस्तारै अनुदानमय बन्न लागेको बताए । उनले भने - 'ओलीको पालामा देश ऋणमय भयो । ऋण बढ्याबढै । त्यो ऋण कस्तो ठाउँमा प्रयोग भयो । भने अनुत्पादक क्षेत्रमा १९ अर्ब त उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर विश्व बैंक लगायतबाट ऋण लिएर सबै आफ्नो मान्छेहरू, कार्यकर्ताहरूलाई बाड्नुभयो । त्यसले स्वरोजगार सिर्जना गर्‍यो न रोजगार ।' उने थपे - 'ऋण लिएर घ्यू खाने भन्छन् त्यही काम गरे ।'घ्यू खाएपनि सबै जनताले पाउने गरी दिएको भए त ल दियो भन्न हुन्थ्यो केही सिमित व्यक्तिहरूले घ्यू खाए, त्यो पनि ऋण लिएर ।'ओलीले अहिले पनि सरकारको नेतृत्व गरिराखेको भए देश श्रीलंकाको बाटोमा गइसकेको हुने उनको भनाई छ । 'ओली जी भइराखेको भए देश श्रीलंकाको बाटोतर्फ उन्मुख हुन्थ्यो । ऋणमाथि ऋण लिने । त्यसमा ठूलो कमिसनको खेल'उनले भने 'हामीले अब ऋणलाई प्राथमिकतामा नराख्ने, लिनै पर्ने भयो भनेपनि धेरै उत्पादनशिल क्षेत्रमा, त्यो पनि न्यून ब्याजदरमा । सून्य ब्याजदर, ०।५ प्रतिशत ब्याजदर । विश्व बैंक, एडीबीले सहुलियतदरको ऋण दिन्छ, त्यस्तो लिने ।' अहिले ऋणमयबाट मुक्त देश अनुदानमय भइरहेको भन्दै भने - 'झण्डै ६० अर्ब हामीले एमसीसी अन्तर्गत अनुदान पाएका छौं । तत्कालै फेरि अमेरिकाले ८० अर्ब अनुदान दिने सम्झौता भइसकेको छ । जम्माजम्मी १४० अर्ब अनुदान अमेरिकाले दिन लागेको छ । यत्रो ठूलो अनुदान नेपालको इतिहासमा एकै पटक आको छैन् ।'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार