नेभिगेशन
समाचार

चुनावी सभालाई सम्बोधन गर्न देउवा बुटवलमा

बुटवल - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न बुटवल पुगेका छन् । उनी केहि समयअघि नेपाली सेनाको हेलिकोप्टर चढेर बुटवल पुगेका हुन् । देउवा आजै बुटवलबाट तनहुँ र जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ । कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि देउवा बुटवल पुगेको उनको सचिवालयले जनाएको छ । देउवा शुक्रबार काठमाडौं र बिहीबार भरतपुरमा आयोजित संयुक्त चुनावी सभामा सहभागी भएका थिए । काठमाडौंको चुनावी सभामा जाँदा देउवाले निजी गाडी प्रयोग गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार