नेभिगेशन
समाचार

चितवन कांग्रेसका सभापति खनाल भन्छन्, ‘रेनु विकासवादी नेता हो, मिलेर जिताऔं’

चितवन - नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनुलाई विकासवादी नेताको संज्ञा दिएका छन् ।

चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनले बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले रेनु विकासवादी भएकाले कांग्रेस कार्यकर्ता र मतदाताले जिताउनु पर्ने जिम्मेवारी आइपरेको बताएका छन् ।

‘रेनु दाहाल विकासवादी नेता हुन् । यहाँ पाँच दलको गठबन्धन छ’, उनले भने, ‘यहाँ मेयरमा रेनु र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उठ्नु भएको छ । उहाँहरुलाई हामी एकतावद्ध भएर जिताउन लागौं ।’

खनालले यसअघि भरतपुरको मेयर पद माओवादीलाई दिंदा आउने परिणामको जिम्मा आफूहरुले लिन नसकिने बताएका थिए । तर अन्तिम समयमा उनी केन्द्रको निर्देशनअनुसार रेनुलाई दोस्रो पटक जिताउन होमिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार