नेभिगेशन
समाचार

धमाधम राप्रपा नेपाल छोड्दै नेताहरू, केन्द्रीय कोषाध्यक्ष गुरुङ्गले दिए राजिनामा

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी परित्याग गरेका छन् । गुरुङ्गले विहीबार राप्रपा नेपालको कोषाध्यक्ष र साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन् । राप्रपा नेपालमा नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ। केही दिन अघि केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल तथा केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि राप्रपा नेपालबाट राजिनामा दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार