नेभिगेशन
समाचार

एमालेले पाँच वर्षमा काठमाडौंमा गरेको कामको जवाफ माग्नुपर्ने गगन थापाको भनाई

काठमाडौं - नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेकपा एमालेले पाँच वर्षमा काठमाडौंमा गरेको कामको जवाफ माग्नुपर्ने बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा गरेका हुन् । उनले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताए । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गर्यो भनेर जवाफ खोज्नुपर्ने बताए । उनले भने ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो ।यो पाँँच वर्षमा एमालेले के के ग¥यो ? यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’ दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिदै उनले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह पनि गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार