नेभिगेशन
समाचार

'गठबन्धन ओलीविरुद्ध नभै उनलाई मोहरा बनाउने देशी विदेशी शक्तिविरुद्ध'

काठमाडौं - नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशीविदेशी शक्तिका मोहरा भएको बताएका छन् । बुधबार खोटाङमा गठबन्धन दलले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले सो कुरा गरेका हुन् । उनले वर्तमान गठबन्धन ओलीविरुद्ध नभै उनलाई मोहरा बनाउने देशी विदेशी शक्तिविरुद्ध भएको बताए । उनले ओलीलाई मोहरा बनाएर मुलुकलाई असफल बनाउन उद्यत शक्तिका विरुद्ध वर्तमान गठबन्धन भएको बताए । उनले भने - 'हामी केपी ओलीविरुद्ध गठबन्धन गरिरहेका छैनौं । एउटा व्यक्तिका विरुद्ध यत्रो गठबन्धन बनाएर लाग्न जरुरी छैन । केपी ओलीलाई मोहरा बनाएर हाम्रो मुलुकलाई अस्थिर बनाउन, संविधानलाई कार्यान्वयन हुन नदिन, प्रतिगमन गर्न र मुलुकलाई तहसनहस बनाउन पछाडिबाट ठूलठूला प्रतिक्रियावादी शक्तिहरू लागिपरेका छन् ।' उनलले निर्वाचनमा पत्तासाफ हुने छनक देखेर एमालेले विक्षिप्त अवस्थामा राप्रपा र परिवार दलसँग गठबन्धन गर्ने निर्णय गरेको दाबी पनि गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार