नेभिगेशन
समाचार

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ६ जना घाइते

काठमाडौँ– पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. १ मा कांग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप भएको हो । घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार तथा निवर्तमान गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । एमालेबाट अध्यक्षको उम्मेदवार चेतबहादुर राना छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार