नेभिगेशन
समाचार

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दावी

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको दावी गरेका छन् । मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सो कुरा गरेका हुन् । शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दावी गरेका हुन् । उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए । माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उहाले बताए । गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको भन्दै उहाले आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्ने र गठबन्धन बिजयी हुने ठोकुवा गरे । उनले गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको भन्दै गठबन्धनलाइ जोगाउने पार्टी माओवादी नै भएको बताए। प्रचण्डले स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार