नेभिगेशन
समाचार

महिलामैत्री हुँ, तर अनुचित सम्बन्ध राखेको छैन : स्थापित

काठमाडौं - एमालेका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दाबी गरे । मंगलबार काठमाडौं महानगरपालिका- १० मा आयोजित चुनावी अन्तरक्रियाया कार्यक्रममा बोल्दै उनले आफू महिलामैत्री भएकाले उनीहरूसँग आफ्नो धेरै फोटोहरू हुन सक्ने तर्क गरे । तर, महिलाहरूमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकिर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए । आफू मेयर हुँदा पुरुष कर्मचारीहरूले रेस्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाए पनि महिला कर्मचारीहरूले त्यसो नगरेकाले उनीहरूमाथि आफूले सधैँ सम्मान गर्ने गरेको उनले पटक-पटक दोहोर्‍याए । स्थापितले आफूले महिलाहरूको सधैँ सम्मान गर्ने, तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको दोहोर्‍याए । स्थापितले आफू महिला हिंसाविरोधी भएकाले उनीहरूमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए । उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार