नेभिगेशन
समाचार

सुनिता डंगोल भन्छिन् : महिलालाई कार्यस्थलमा सुरक्षित वातावरण बनाउनेछौँ

काठमाडौँ– काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफू निर्वाचित भए श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । श्रमिक दिवसको अवसरमा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा बोल्दै डंगोलले महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने पनि वाचा गरिन् । उनले भनिन्, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति-कार्यक्रम अघि सार्नेछौं । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसुस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउने छौं ।’ उनले युवाको आवाज बुझेर एमालेले आफूलाई उपमेयरको उम्मेदवार बनाएको बताइन् । फेरि एमालेका अध्यक्ष देशको प्रधानमन्त्री बन्नुपर्ने बताइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार