नेभिगेशन
समाचार

निर्वाचनबारे सन्देश दिन टिकटक प्रतियोगिता, विजेताले ५० हजार पाउने

काठमाडौँ– स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक प्रतियोगिता गरेको छ ।

निर्वाचनको निस्पक्षता, विश्वासनीयता र मताधिकार सुनिश्चितता सम्बन्धित सन्देशमूलक भिडियो प्रचार गर्न यस्तो प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

यही वैशाख ३० गते हुने निर्वाचन लक्षित यस्तो प्रतियोगितामा भ्यूजको आधारमा पुरस्कारसमेत दिने आयोगले एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

आयोगले तयार पारेका विभिन्न सन्देशमूलक भिडिओहरूमा प्रतियोगीले टिकटक बनाउन सक्नेछन् । आयोगको ट्वीटर, भाइबर, फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालमा यस्ता भिडिओ अपलोड भएका छन् ।

प्रतियोगीले यस्ता भिडिओलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेसम्म फेसबुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालमा शेयर गर्नुपर्ने जनाइएको छ ।

सो भिडियोमा ५० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले २० हजार रुपैयाँ पुरस्कार जित्नसक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार