नेभिगेशन
समाचार

प्रहरी प्रमुख नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्दैछ । अहिले बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले यसको निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार