नेभिगेशन
अर्थतन्त्र विविध

रियलमीको आधिकारिक सर्भिस सेन्टर ईटहरीमा

काठमाडौँ— विश्वकै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले‚ ईटहरीमाअर्को नया ँप्रिमियम आधिकारिक सेवा केन्द्र खुलेको घोषणा गरेको छ । रियलमी नेपालका कन्ट्री हेड श्री मुनिष गिरीले ईटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेे । सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै श्री गिरीले‚ मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधनभएकाले रियलमीले सेवाग्राहीको सुविधामाध्यानदिएको बताउनुभयो । रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्नाग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र विक्रीपछिको सेवाउपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे । पहिलो आधिकारिक सर्भिस सेन्टर सीटिसी मल‚ सुन्धारा काठमाडौँमाअवस्थित छ । रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरु माझविक्री पछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ । यस सर्भिस सेन्टर माफर्त सफ्टवेयर सम्बन्धि सेवा‚ पार्टपूर्जा बदल्ने सेवा‚ फ्लागसिपफोन मर्मत सेवा‚ वारेन्टी मान्य र गैर मान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदानगरिनेछ । जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुखव्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर खोलिएको हो । उहाँकाअनुसार विराटनगर‚ धरान‚ बिर्तामोड लगायतकाग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवालिन सक्ने बताए । रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरुमध्ये सर्भिस रिटर्न रेटमा कम रहीअग्रणी सेवादिने दावी गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध