नेभिगेशन
अर्थतन्त्र विविध

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २३ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

यस्तै साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया ७२ पैसा र बिक्री दर ३२ रुपैयाँ ८८ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६८ पैसा र बिक्री दर ३३ रुपैयाँ ८४ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४८  पैसा र बिक्री दर ८९ रुपैयाँ ९२ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १० पैसा छ ।

mm.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध