गृहमन्त्रालयको चेतावनी : अनुमतिबिना तस्बिर र भिडियो बनाएर सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही  

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - गृहमन्त्रालयले अनुमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । बिहिबार एक सूचना जारी गर्दै मन्त्रालयले सो जानकारी गराएको हो । 

मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिचेर निजलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गरेमा जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाएको छ ।

सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो प्राप्त भएकोले मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।

t.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार