सहकारी ठगी: सूर्यदर्शनको ३४ सय बढी पृष्ठ लामो प्रतिवेदन महानगरले प्रहरीलाई बुझायो

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ- समस्याग्रस्त सहकारी सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाइएको छ ।

विशेषज्ञका रूपमा नियुक्त एफ सि ए अनिल लामिछाने, सहकारी विज्ञ दीपक प्रकाश आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा, महानगर सहकारी व्यवस्थापन समिति लगायतले तयार गरेको ३४१९ पृष्ठ लामो प्रतिवेदन नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापाले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त कुमार शर्मालाई हस्तान्तरण गरेका हुन् । 

प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार