प्रतिफल नआएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकिएको हो : शिक्षामन्त्री श्रेष्ठ

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक पहुँचको आधारमा रकम वितरण गरिएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई स्थगित गरिएको बताएकी छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा मन्त्री श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका विद्यालय भवन र आइसिटी ल्याबहरू राजनीतिक पहुँचको आधारमा वितरण गरिएको बताएकी हुन् ।

मन्त्री श्रेष्ठले आवश्यकताका आधारमा नभई राजनीतिक पहुँचको आधारमा राष्ट्रपति शैक्षिक कार्यक्रम सुधारको बजेट विनियोजन भएको पाइएको बताएकी हुन् । संरचना निर्माणका लागि पैसा पठाएर मात्रै नहुने भन्दै प्रतिफल आए–नआएको सम्बन्धमा अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको पैसा भूकम्प प्रभावित ठाउँहरूमा पठाउन लागेपनि प्रक्रिया लामो लाग्ने हुँदा पठाउन नसकिएको बताइन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्