विभिन्न बहानामा स्थानिय चुनाव समयमै नगर्ने पाँच दलीय गठबन्धनको कुनियत - शंकर पोखरेल

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको असहमती अर्लि इलेक्सनप्रति नभएको बताएका छन् । 

शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत नेता पोखरेलले सो कुरा गरेका हुन् । उनले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना भएको बताएका छन् । 

उनले विभिन्न बहानामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने काम पाँच दलीय गठबन्धनले गरेको बताएका छन् । उनले यस्तै गठवन्धनको कुनियतप्रति एमालेको असहमती रहेको पनि बताएका छन् । 

उनले लेखेका छन् - 'नेकपा(एमाले)को असहमती अर्लि इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा(एमाले)को चाहना नै हो । तर  विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा(एमाले)को गम्भीर असहमती रहेको छ ।'

 

प्रचण्डको प्रस्तावले राजनीतिमा तरंग, चुनाव जित्न चलाखी ! प्रचण्डको प्रस्तावले राजनीतिमा तरंग, चुनाव जित्न चलाखी ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्थानीय तहको निर्वाचन गर्नु भन्दा पहिले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव ल्याएका छन् । तर एमालेका नेताहरु भने यसको विरोध गरिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्