नेपाली भूमि र नारायणहिटी संग्रालय बिषयमा विष्णु रिजालको यस्तो प्रतिक्रिया

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली भूमि फिर्ताका लागि सरकारले चाल्ने हरेक कदममा एमालेको साथ रहने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा नेता रिजालले सो कुरा गरेका हुन् । 

उनले सरकारले अहिलेसम्म खोपलाई नै सबभन्दा ठूलो उपलब्धिका रुपमा देखाएको बताउदै नेता रिजालले एक करोड खोप मौज्दात रहेको बताए पनि व्यवस्थापन गर्न नसकेको बताए । 

उनले अहिले ३५ प्रतिशत जनताले पनि पूर्ण खोप नपाएको स्थितिमा सरकारले सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य चाहिने भन्ने निर्णय कति पूर्वाग्रही छ भन्दै प्रश्न पनि गरे । उनले एमालेलाई हटाएर सत्तामा आउनु नै गठबन्धन सरकारको ठुलो उपलब्धि भएको बताए । 

यस्तै फरक प्रशंगमा बोल्दै नेता रिजालले नारायणहिटी संग्रालय विवादमा योगेश भट्टराईको कुनै संलग्नता नरहेको पनि बताए । उनले भने - 'नारायणहिटी पर्यटकीय ठाउँ हो भने , क्याफ्टेरिया चलाउन दिनु कुनै अपराध होइन'

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्