Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीमा संसदीय समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत!

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायतलाई छानबिनका लागि संसदीय समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन्। 

कांग्रेसका नेताहरूसँगको आइतबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री सहमत भएको उच्च स्रोतले जनाएको छ। यस विषयमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री सकारात्मक रहेको टिप्पणी गरेका छन्। 

सहकारी ठगी प्रकरणका कारण प्रतिनिधि सभाको बैठकमा कांग्रेसको निरन्तर अवरोध छ जसले बजेट अधिवेशन पनि प्रभावित हुने खतरा देखिएपछि प्रचण्ड वार्ताका लागि अग्रसर भएका थिए। 

अब कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक राखी सोमबार यसबारे ठोस निर्णय पनि लिने तय भएको छ। संसदीय समिति बनाउने विषयमा सहमति जनाएको भन्नेबारेमा प्रधानमन्त्री प्रचण्डको सचिवालयले भने स्वतन्त्र पुष्टि गरेको छैन।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्