नेपाल सरकारको सहमतिबिना भारतले लिपुलेकमा सडक बनाउनु अवैधानिक - झलनाथ खनाल

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले भारतले नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा सडक विस्तार गर्न लागेकोप्रति आपत्ति जनाएका छन् । नेता खनालले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा सडक विस्तारको कामलाई रोक्न माग पनि गरेका छन् । 

नेपाल सरकारको सहमतिबिना लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा विकास निर्माणका काम हुनु अवैधानिक भएको खनालको भनाई छ । 

उनले यस बिषयलाई लिएर नेपाल सरकारले पनि उपयुक्त कदम चाल्न आग्रह गरेका छन् । यस्तै नेपालको भूभागमा बाटो विस्तार गर्न लागेकोप्रति विप्लव समूहले पनि आपत्ति जनाइसकेको छ । 

jhal.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्