प्रचण्डलाई ओलीले भने - 'कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद आउँदैन '

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् । 

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने बताए।  

उनले माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि पनि टिप्पणी गरे ।  

प्रचण्डको पहलमा साविक नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाएको भन्दै आक्रोश व्यक्त गर्दै आएकाले ओलीले प्रचण्डको राजनीतिक दस्तावेजमाथि पनि टिप्पणी गरेका हुन्  ।

ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वको सरकार बनाउन प्रचण्ड र तत्कालीन नेकपा नेता माधवकुमार नेपालको हात रहेको ओलीको बुझाई छ ।  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्