उमेश जोशी र भिम प्रसाद ढकाललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ - सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।


वैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्