नेभिगेशन
अर्थ विविध

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । 

शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको छ । 


चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएकोमा आइतबार २ हजार ३१० रुपैयाँ कायम भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्