नेभिगेशन
समाज विविध

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर । जिल्लाको काठमाडौँ-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर गत रातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।

गए राति ठूलो ढुंगा र रुखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक आज साँझ पहिरो पन्छ्याएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौँडाबाट कुलेखानी हुँदै सिस्नेरी भएर काठमाडौँ जाने मार्गको इन्द्र सरोबर गाउँपालिका(३ ज्यामिरेमा आज बिहान ९:३० बजे ढुंगासहित सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने पहल भइरहे पनि लगातार पहिरो खसिरहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्