नेभिगेशन
समाज विविध

भारतीय विदेश सचिव काठमाडौं आइपुगे

काठमाडौं-भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आएका हुन् ।

मिश्री विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । १०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको छ ।

मिश्री सोमबार स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध