नेभिगेशन
खेलकुद

काखस्तानकी अलेनाले काठमाडौं स्पाइकरमा आबद्ध

काठमाडौं। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ।

काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनालाई लिएको छ । टोलीले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ ।

२९ वर्षीय अलेनाले अपोजिट हिटर हुन् । अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् । उनले एभिसी महिला च्याम्पियन्स लिग समेत खेलिसकेकी छन् ।

एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ । तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिटै घोषणा गरिने काठमाडौले जनाएको छ।

काठमाडौं पहिलो सिजनमा तेस्रो भएको थियो। दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।

इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्