नेभिगेशन
खेलकुद

नेपाललाई १८७ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्ड टी-२० शृंखलामा बंगलादेश ‘ए’ले नेपाललाई एक सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ८६ रन बनायो ।  

बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ७३ रन बनाए । यसैगरी अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए ।

नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन तथा बंगलादेशले पाकिस्तान शाहीन्ससँग ७९ को हार बेहारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्