नेभिगेशन
राजनीति

ऊर्जा मन्त्री खड्काको जिकिर- ‘लोडसेडिङको हल्ला निरर्थक’

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् । मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ ।

‘हामीले सुधारलाई तीव्रताका साथ अगाडि बढाएका छौँ । उत्पादनलाई पनि निरन्तरता दिएका छौँ । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,’ ऊर्जा मन्त्री खड्काले भने ।

विद्युत् विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तीव्रताका साथ  अगाडि बढाइरहेको समेत बताउँदै उनले हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको बताए । साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको जानकारी उनले दिए ।

‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् हामीले निर्यात गरिरहेका छौँ भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौँ । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरिको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत् पुर्‍याउन बाँकी छ । ती ठाउँहरूमा पनि विद्युत् आपूर्ति गरिराखेको अवस्था छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति