नेभिगेशन
राजनीति

रुपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाले गरायो दल दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार आगामी २०८२ साल कार्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीले भाग लिन निर्वाचन आयोगलाई पत्र पठाएका थिए। 

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि निवेदन पेस गरिएको पार्टीले जनाएको छ । 

निर्वाचन आयोगले गत साउन १६ गते गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी उपनिर्वाचनका लागि दल दर्ता गराउन आवश्यक कागजातसहित निवेदन दिन भनेको थियो ।

निर्वाचन आयोगले रास्वपाको उक्त निवेदन साउन २७ गते दर्ता गरेको छ । आयोगमा दर्ता भएको निवेदनको दर्ता नम्बर ३०४ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति