नेभिगेशन
विश्व

ट्रम्पको ऐतिहासिक भन्सार दर : नेपाललाई न्यूनतम शुल्क मात्रै, कुन देशलाई कति ?

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ ऐतिहासिक भन्सार शुल्क अर्थात् ट्यारिफ नीति आजदेखि औपचारिक रूपमा लागु भएको छ ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उनले गर्वका साथ यो घोषणा गरेका हुन् । ट्रम्पले यस कदमलाई ‘अमेरिकाको सुरक्षा र उद्योगको रक्षा’ का लागि अनिवार्य भनेका छन् । तर आलोचकहरूले यसलाई विश्व व्यापार प्रणालीमाथिको हमला भनेका छन्।

ट्रम्पका समर्थकहरूले यस कदमलाई ‘अमेरिकन रोजगारीको सुरक्षाका लागि साहसी कदम’ भनेका छन्। तर अमेरिकी उद्योग र खुद्रा विक्रेताहरूले भने उपभोक्ताले महँगो सामान किन्नुपर्ने र रोजगारीसमेत गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

ट्रम्पको नयाँ ट्यारिफ नीति अमेरिकी इतिहासकै सबैभन्दा कडा संरक्षणवादी नीतिहरूमध्ये एक मानिएको छ। यसको असर केवल अमेरिका वा चीनमा सीमित रहने छैन- सारा विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा गहिरो असर पार्ने सीएनएनले जनाएको छ ।

सीएनएनले जारी गरेको नयाँ ट्यारिफ लाग्ने सूचीका देशमा दक्षिण एशियाबाट नेपाल,माल्दिभ्स र भुटानबाहेक सबै परेका छन् । यीमध्ये सबैभन्दा बढी भारतलाई लगाइएको छ । भारतलाई २५ प्रतिशत ट्यारिफ लगाइएको र रुससँग तेल किनिरहेको यो बढेर ५० प्रतिशत पुग्ने चेतावनी ट्रम्पले जनाएका छन् ।

नेपाललगायतका देशले भने न्यूनतम १० प्रतिशत मात्र भन्सार महसुल तिरे पुग्नेछ ।

528895070_1852726105659560_6954749833794289221_n-1754555274.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व