नेभिगेशन
राजनीति

महिला सांसद समन्वय समिति गठन गर्न प्रमुख सचेतक पाण्डेको माग

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले महिला सांसद समन्वय समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद पाण्डेले संसदको कार्यकाल आधा सकिँदा पनि समिति गठनको प्रक्रिया नथालेकोप्रति आपत्ति जनाए ।

महिला समन्वय समितिका पदाधिकारी र सदस्यहरूलाई थप सेवा तथा सुविधा नदिने भनेर नै नियमावलीमा व्यवस्था गरिएको स्पष्ट पार्दै आर्थिक अभावका कारण ढिलाई भएको भन्ने तर्क अर्थहीन भएको पनि बताए । उनले तत्काल समिति गठन गर्न माग गरे ।

प्रम्ुख सचेतक पाण्डेले बहुविवाहबारे सरकारको धारणा समेत माग गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति