नेभिगेशन
राजनीति

विश्वप्रकाश शर्माको दाबी- रविकै पालामा सबैभन्दा धेरै भिजिट भिसामा गएका रहेछन्

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा आफूहरू पनि रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अख्तियार र छानबिन समितिले काम गरिरहेको भन्दै रास्वपाले प्रक्रियाभन्दा बाहिर गएर विरोध जनाएको टिप्पणी गरे ।

पछिल्ला ५ गृहमन्त्रीको तथ्यांक हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा नै छोटो अवधिमा धेरै भिजिट भिसामा गएको देखिएको शर्माले बताए ।

उनले रास्वपालाई भने, ‘भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईँकै सभापति गृहमन्त्री भएको बेलामा गएका रहेछन् । यतिकै आधारमा भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा धेरै मानव तस्करी भएको रहेछ भन्ने निष्कर्ष हो ?’

उनले आवेग, अराजक शैली र अडानबाट मुक्त हुन आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति