नेभिगेशन
समाज विविध

अब म्यानपावर कम्पनीले वार्षिक १०० कामदार नपठाए पनि लाइसेन्स रद्द नहुने

काठमाडौँ- अब लगातार २ वर्षसम्म वार्षिक एक सय जना पनि कामदार विदेश पठाउन नसकेको अवस्थामा पनि म्यान पावर कम्पनी नवीकरण हुने भएका छन् । 

केही नेपाल ऐन संशोधनमार्फत सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यस अघि ऐनको दफा दफा १३ को उपदफा १ (घ२) मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसकेको अवस्थामा म्यान पावर कम्पनीको इजाजत पत्र रद्द गर्ने व्यवस्था थियो । उक्त व्यवस्था संशोधनमार्फत हटाइएको हो ।

यद्यपि हरेक वर्ष मन्त्रिपरिषद् बैठकले पटके निर्णय गर्दै लगातार २ वर्षसम्म कम्तिमा एक सय जना कामदार नपठाउने म्यान पावर कम्पनीलाई नवीकरण गर्ने व्यवस्था गर्दै आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

गुल्मीमा खोलाले बगायो कार