नेभिगेशन
समाज विविध

ऐतिहासिक चण्डी बजारको संरक्षण

भोजपुर । रामप्रसादराई गाउँपालिका-८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रूपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो । 

वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरूको आस्थाको केन्द्रको रूपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले रु चार लाख बजेट विनियोजन गरेर संरक्षण गरेको हो । “किराँत संस्कृतिको जर्गेना गर्ने लक्ष्यले चण्डी बजारको संरक्षण गरेका छौँ” वडाध्यक्ष राईले भने, “यो स्थानको संरक्षण नहुँदा स्थानीयलाई समस्या थियो । स्थानीयको मागलाई ध्यानमा राख्दै ऐतिहासिक तथा सांस्कृतिक स्थलको संरक्षण गरेका हौँ ।”

यो स्थानमा किराँत राईहरूले वर्षमा उँधौली, उभौलीमा पूजाआजा गर्ने स्थानीयवासी दलबहादुर राईले बताए । यहाँको किराँत साकेन्वा चोकमा किराँत संस्कृतिको उजागर हुने गरी संरचना निर्माणले संस्कृतिको जर्गेनामा टेवा पुगेको उहाँको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

किन घट्यो पूर्वमा धान रोपाइँ ?