नेभिगेशन
खेलकुद

काठमाडौंले करणसहित ६ खेलाडी रिटेन गर्यो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौं गोर्खाजले दोस्रो संस्करणका लागि शनिबार रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

काठमाडौंले शनिबार सामाजिक संजालमार्फत रिटेन र रिलिज खेलाडीको जानकारी दिएको‌ हो ।

काठमाडौंले मार्की र कप्तान करण केसीलाई रिटेनको पहिलो नम्बरमा राखेको छ । रिटेन हुने अन्य खेलाडीमा शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, दिपेश कंडेल र भीम सार्की छन् ।

रिटेन खेलाडी

करण केसी
शाहब आलम
प्रतिक श्रेष्ठ
राशिद खान
दिपेश कंडेल
भीम सार्की

रिलीज खेलाडी

सुमित महर्जन
कृश कार्की
कृष्ण कार्की
राजु रिजाल
शंकर राना
विवेक केसी

लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची यसअघि नै सार्वजनिक गरिसकेको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद