नेभिगेशन
खेलकुद

एनपीएल दोस्रो सिजन : लुम्बिनी लायन्सले रिटेन गर्‍यो रोहितसहित ६ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि लुम्बिनी लायन्सले ६ खेलाडी रिटेन गरेको छ ।

लुम्बिनीले सामाजिक संजालमार्फत कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

रिटेन हुने खेलाडीमा पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारी छन् । यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले ६ खेलाडी रिटेन गरिसकेका छन् ।

लुम्बिनीबाट सुर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, दुर्गेश गुप्ता र विकास आग्री रिलिज भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद