नेभिगेशन
राजनीति

मुकुल ढकालको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मिल्ने/नमिल्ने १७ गते निधो

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलाशले मुकुल ढकाललो रास्वपा महामन्त्री रहने नरहनेबारे अन्तरिम आदेश दिने या नदिने असार १७ गते थाहा हुने भएको छ।

आफू महामन्त्री रहेको दाबी गर्दै अन्तरिम र त्यो पनि परमादेश जारी माग गरेको रिट सुनुवाई सक्दै रेग्मीको इजलाशले छलफलका लागि अर्को पक्षलाई १७ गते सर्वोच्चमा बोलाएको छ।

बुधबार दर्ता भएको रिट विहीबार सुनुवाईका लागि रेग्मीको इजलाशमा परेको थियो।

ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका थिए। 

रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति