नेभिगेशन
खेलकुद

एनपिएल दोस्रो सिजन : चितवन राइनोजले सार्वजनिक गर्‍यो रिटेन्ड र रिलिज खेलाडीको सूची

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो सिजनलाई लक्षित गर्दै चितवन राइनोजले आफ्नो रिटेन्ड र रिलिज खेलाडीहरूको सूची सार्वजनिक गरेको छ।

राइनोजले मार्की खेलाडीको रूपमा राष्ट्रिय टोलीका ब्याट्सम्यान कुशल मल्ललाई कायम राखेको छ। त्यस्तै, ग्रेड ए अन्तर्गत रिजन ढकाल र कमलसिंह ऐरी टोलीमा यथावत् रहेका छन्। ग्रेड बी मा दीपक बोहरा र अमरसिंह रौटेला तथा ग्रेड सी मा गौतम केसी रिटेन्ड सूचीमा परेका छन्।

त्यसैगरी ग्रेड ए का शरद भेषवाकर, ग्रेड बी का दिपेश श्रेष्ठ र बिपिन रावल, ग्रेड सी का सन्तोष कार्की र रञ्जीत कुमार, साथै ट्यालेन्ट हन्ट खेलाडी सलाउद्दिन खान रिलिज सूचीमा परेका छन्।

यसअघि नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले आगामी सिजनका लागि ६ जना खेलाडी रिटेन गरेको छ। रोयल्सले शनिवार रिटेन गरिएका खेलाडीको सूची जारी पनि गरिसकेको छ।   रिटेन हुने खेलाडीमा मार्की खेलाडीका रुपमा  कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद