नेभिगेशन
खेलकुद

एसियन कप छनोट नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको छ । 

उज्वेकिस्तानको तास्केन्तमा नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।  उनको नाममा ६ गोल रहयो । यस्तै, अनिता बस्नेत, सरु लिम्बू, रश्मीकुमारी घिसिङले समान एक गोल गरेका थिए । 

एएफसी एसियन कप छनोट २०२५ को समूह ‘एफ’ मा नेपाल र लाओससँगै उज्वेकिस्तान र श्रीलंका छन् । समूहको शीर्ष एक टोली अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउनेछन् । 

अब, नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्ने तालिका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद