नेभिगेशन
खेलकुद

स्कटल्यान्डको सफल भ्रमणपछि फर्कियो नेपाली टिम

काठमाडौं । स्कटल्यान्डमा आयोजना भएको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को चौथो त्रिकोणात्मक एकदिवसीय र त्रिकोणात्मक टी–२० शृंखलामा खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । 

आइतबार साँझ नेपाली टोली  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन कुमार सिंह र क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे ।

स्वदेश फर्किएसँगै कप्तान रोहितकुमार पौडेलले भ्रमण सफल भएको बताए । उनले अव नोभेम्बरमा वेष्ट इन्डिजसँग हुने खेलको लागि तयारीमा जुट्ने बताए । स्कटल्यान्डको नतिजाले टोलीको मनोबल समेत उच्च भएको उनको ठहर छ । 

विश्वकप लिग–२ मा नेपालले घरेलु टोली र नेदरल्यान्ड्ससँग खेलेको चार मध्ये ३ खेल जितेको थियो । पहिलो खेलमा स्कटल्यान्माथि रोमाञ्चक एक विकेटको जित निकाल्दा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको हो ।

स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा भने नेपालले दुई रनले पराजित भयो । तर, अन्तिम खेलमा नेपालले डच टोलीलाई १६ रनले पराजित गरेको हो । 

विश्वकप लिग–२ मा नेपालले १६ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । २३ खेलमा २६ अंक जोडेको नेदरल्यान्ड्स अंकतालिकाको दोस्रो स्थानमा र  १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ । लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् ।

शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

यता, टी–२० मा पनि नेपालले चार मध्ये दुई खेल जित्दै उपविजेता बन्यो । नेदरल्यान्ड्स ऐतिहासिक तेस्रो सुपर ओभरमा पराजित भयो । दोस्रो खेलमो स्कटल्यान्डमाथि दुई विकेटको जित निकाल्दा तेस्रो खेलमा नेपालले डच टोलीमाथि ६ विकेटले हराएको हो । अन्तिम तथा निर्णायक खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद