नेभिगेशन
सुरक्षा–अपराध

मधेसका पूर्वप्रमुख अहिराजविरुद्ध उजुरीः पटक–पटक बलात्कार गरे, बताए मारिदिन्छु भनेका थिए

काठमाडौं– मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजविरुद्ध बलात्कारको उजुरीमा पक्राउ पूर्जी जारी भएको छ। अहिराज अहिले फरार छन्।

उजुरीमा दुई महिनाअघि पक्राउ पूर्जी जारी भए पनि बलात्कारको घटनाचाहिँ गत बर्षको जेठमा नै भएको बताइएको छ।

२०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख रहेका अहिराजले २०८१ जेठ ४ गते कोठामा कोही नभएको बेलामा बारम्बार बलात्कार गरेको आरोप उजुरीमा उल्लेख छ।

उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ। बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्।

पटकपटक प्रयास गर्दा पनि दर्ता गर्न इन्कार गरेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन्। उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन्।

पछि सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो। सरकारी वकिलले पत्राचार गरेको केही महिनापछि मात्रै माघमा उक्त जाहेरी दर्ता गरी प्रक्रिया अघि बढाएको थियो।

अहिले फरार सूचीमा रहेका अहिराज भारततिर भागेको हुन सक्ने आशंका गरिएको छ। उनको खोजी कार्य जारी रहेको परिसरले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध