नेभिगेशन
विश्व

युद्धग्रस्त इरानले इन्टरनेटमा लगायो प्रतिबन्ध, किन?

काठमाडौं– युद्धग्रस्त इरानले इन्टरनेटमा प्रतिबन्ध लगाएको छ। इरानमा इजरायलको हमलासँगै साइबर आक्रमण पनि बढ्न थालेपछि गत साताको बुधबारदेखि देशभरि इन्टरनेट सेवा बन्द गरिएको छ।

आइतबारदेखि अमेरिकाले पनि इरानमा आक्रमण सुरु गरिसकेको छ। अमेरिकाले वार्तामा नआए ठूलो क्षति व्यहोर्न तयार रहन पनि इरानलाई चेतावनी दिएको छ।

इरानमा साइबर हमला गरी करोडौंको डिजिटल सम्पत्ति चोरी भएपछि इन्टरनेट बन्द गरिएको बताइन्छ। यो युद्धसँग सम्बन्धित रहेको पनि बताइन्छ।

त्यतिबेला इरानको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘नोबिटेक्स’माथि साइबर हमला गरेर ९ करोड डलरभन्दा बढीको डिजिटल सम्पत्ति चोरी गरेको बताइएको छ।

उक्त घटनामा इजरायली समर्थक ह्याकरहरूको समूह ‘प्रेडेटरी स्प्यारो (गोन्जेश्के दारान्दे)’ले जिम्मेवारी लिएको थियो।

इन्टरनेट सेवा बन्द भएपछि इरानबाहिर रहेकाहरूले आफ्ना आफन्तहरू  सामाजिक सञ्जामार्फत कुराकानी गर्न पाएका छैनन्। मोबाइल र टेलिफोन सेवा भने सञ्चालनमा छ। इरानबाहिर रहेकाहरूले सिधै मोबाइल र टेलिफोनमा सम्पर्क गरेर हालखबर सोधिरहेका छन्।

त्यसरी फोन गर्नेहरुले अनौठो सन्देश सुनेको भनेर अमेरिकी मिडिया सिएनएनले जनाएको छ। त्यस्तो सन्देश मोबाइलमा फोन गर्दा मात्रै सुनिएको बताइएको छ।

सिएनएनले उक्त सन्देशको रेकर्ड गरेको छ। सन्देश करिब ९० सेकेन्ड लामो छ।

त्यसमा जीवन,खुशी र शान्तिका विषयहरू समेटिएको छ। फोन लाग्नेबित्तिकै रिङ ब्याक टोनको शैलीमा सुरू हुने उक्त सन्देशले सुरूमा भन्छ– नमस्ते, यो सन्देश सुन्न समय निकाल्नुभएकोमा धन्यवाद। त्यसपछि उसले जीवन जगतको कुरा सुनाउँछ।

आमसञ्चारका विज्ञहरूले  त्यसको पछाडि पनि साइबर हमला हुन सक्ने बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व