नेभिगेशन
विश्व

भारतले अपरेशन सिन्धु अन्तर्गत इरानबाट गर्यो एक हजारभन्दा बढीको उद्धार

काठमाडौँ । इरान-इजरायल द्वन्द्वको बीचमा भारतले अपरेशन सिन्धु अन्तर्गत अहिलेसम्म एक हजर ११७ भारतीयहरूको उद्धार गरेको छ ।

भारतले इरानको मशहदबाट अर्को विमान गएराती २९० भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली पुगेको थियो । यसअघि ३१० नागरिकहरूको समूह शनिबार दिउँसो दिल्ली आइपुगेक थिए ।

अर्कोतर्फ, जुन २० मा राति दुई समूहमा ४०७ भारतीयहरू फर्किएका थिए । जुन १९ मा, ११० विद्यार्थीहरू आर्मेनिया र दोहा हुँदै भारत ल्याइएको थियो । 

इरानले हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाएर भारतका लगभग एक हजार नागरिकलाई उद्धार गर्न अनुमति दिएको थियो । तीमध्ये धेरैजसो विद्यार्थीहरू छन्, जसलाई तेहरानबाट मशहद ल्याइएको थियो । त्यसपछि उनीहरूलाई तीनवटा चार्टर उडानहरू मार्फत भारत ल्याइएको थियो । यी उडानहरू इरानी एयरलाइन्स महानद्वारा सञ्चालित थिए ।

यी उडानहरू भारत सरकारले अपरेशन सिन्धु अन्तर्गत व्यवस्थित गरेको विदेश मन्त्रालयले जनाएको छ । इरानस्थित भारतीय दूतावासले आवश्यक परेमा आगामी दिनहरूमा थप उडानहरू सञ्चालन गर्न सकिने बताएको छ । साथै दुताबासले नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारमा सहयोग गर्ने जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व